सेवा, संगठन, समुन्नति र सुसंस्कारलाई आत्मसात गर्दै विराटनगर भरि छरिएर रहेका मारवाडी समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास र उत्थान गर्दै राष्ट्रिय विकासको मूलधारमा समान सहभागीता वाट अक्ष्क्षुण स्थान बनाउनको लागि मारवाडी युवा मंच, विराटनगर गठन गरिएको हो । विक्रम सम्वत २०४९ सालमा मारवाडी सेवा समिति विराटनगरको सकृयतामा स्थापना भएको हो । स्थापना काल देखि नै मंचले सकृय रुपमा रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, जाडो समयमा कम्बल र न्यानो कपडा वितरण, गर्मी समयमा सितल पेय वितरण, विराटनगरको गौरव श्री राधा कृष्ण रथ यात्रामा सर्वत वितरण, प्रसाद वितरण, होली पर्व को अवसरमा होली को अलबेलो बारात, होली रंगा रंग कार्यक्रम, सम्पुर्ण मारवाडी समाज को सामुहिक गोठ, अक्षय तृतीया को अवसर मा चंगा उडान प्रतियोगिता एवं विभिन्न विपदा का समयमा सक्रियता का साथ युवा मंच हरेक क्षेत्रमा आफ्नो भुमिका निभाउदै आएको छ एवं विभिन्न सामाजिक उपयोगी कार्यहरु गर्दै आइरहेका छ ।
मारवाडी युवा मंच विराटनगरको उद्देश्य निम्नुसार रहेका छन
– विराटनगरको मारवाडी युवा शक्ति लाई संगठीत गर्दै एउटै छातामुनि आवद्ध गर्ने ।
– खेलकुद तथा सांस्कृतिक चेतनामा अभिवृद्धि गर्नुका साथै सो प्रति उत्साह प्रवाह गर्ने ।
– मारवाडी युवाहरु माझ मारवाडी भाषलाई मातृभाषा र नेपाली भाषालाई राष्ट्रिय भाषाको रुपमा विकास गर्ने ।
– मारवाडी भाषा, लिपी, संस्कृति, साहित्य, कला, इतिहासको संरक्षण र प्रव्धर्न गर्ने, अध्ययन अनुसन्धान गर्ने, प्रकाशन गर्ने ।
– राष्ट्रिय कल्याण तथा सांस्कृति को जगैना गर्ने उदेश्य राखि कार्यक्रमहरुमा सहयोग पुर्याउने ।
– युवा शक्तिको क्षमता बृद्दि गर्न व्यक्तित्व विकास सम्वन्धी क्रियाकलापहरु संचालन गर्ने ।
– मारवाडी युवाहरुमाझ शैक्षिक, सांस्कृतिक चेतना जगाउने ।
– पेशा सम्बन्धी चेतना जगाउने र व्यापारिक क्षेत्र लगायत अन्य पेशामा आवद्दहुन प्रोतसाहित गर्ने ।
– समाजका प्रतिभावान युवाहरुलाई पहिचान गरि निजहरुलाई प्रोत्साहित, पुरस्कृत एवं सम्मानित गर्ने ।
– मंचको उदेश्य पुरा गर्न सूचना तथा तथ्याङक संकलन गर्ने, सो कार्यका लागि अध्ययन तथा अनुसन्धान एवं खोज गर्ने ।
– देश तथा विदेशहरुमा आयोजना हुने भेला, महोत्सवहरुमा युवाहरुको सहभागीता गराउने ।
Moti Dugar
Sushil Dhanawat
Prakash Surana
Arun Rathi
Shivratan Joshi
Rajesh Lakhotiya
Sher Singh Dugar
Gopal Agarwal
Surendra Golchha
Nand Kishor Rathi
Phul Kumar Lalwani
Subash Goyal